समाचार

बलात्कार गरेर काठमाडौंबाट भागेका खरेल कञ्चनपुरबाट पक्राउ

काठमाडौं: एकजना ७ वर्षीया बालिकामाथि बलात्कार गरेर काठमाडौंबाट भागेका अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् । केही दिनअघि राजधानीको तीनकुनेमा बालिकामाथि बलात्कारपछि फरार भुवन भन्‍ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले सोमबार पक्राउ गरेको हो।खरेललाई कञ्चनपुर प्रहरीले भागेर भारततर्फ छिर्न लागेको अवस्थामा बेलौरीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेपछि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।बालिकामाथि बलात्कारपछि फरार रहेका उनीविरुद्ध प्रहरीले उजुरी दर्ता गरेर खोजी तीब्र बनाएको थियो । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी गोविन्द काफ्लेका अनुसार खरेलविरुद्ध किटानी जाहेर परपछि खोजी थालिएको थियो।खरेल काठमाडौंकै शान्तिनगरमा बस्दै आएका थिए। उनी विशेष प्रहरीका भगौडा रहेको पनि खुलेको छ। पीडित र पीडक दुवै क्रिष्चियन धर्मका परिवारको भएको खुलेको छ। घटना भएपछि पाष्टरहरुले ढाकछोपको कोशिश पनि गरेका प्रहरीले जनाएको छ। तर स्थानीयबासीले घटना प्रहरीसम्म पुर्‍याएका थिए । घटनाको ५ दिनपछि प्रहरीमा जाहेरी परेपछि घटना बाहिर आएको थियो।काठमाडौं। परमाणु सम्झौता लगायतका बिषयहरुबाट चिस्सिएको अमेरिका र इरानबीचको तनाव कम हुने छाँट देखिएको छैन । त्यसमाथि पनि गत साता अमेरिकाले खाडीमा लडाकु पानीजहाज तथा युद्धपोत खटाएपश्चात् इरान र अमेरिकाबीचको

सम्बन्ध थप तनावपूर्ण बनिरहेको छ । यसबीच इरानले पर्सियन खाडीमा रहेको अमेरिकी विमान वाहक (एयर क्राफ्ट क्यारियर) लाई डुबाईदिने चेतावनी दिएको छ । इरानी स्टुडेन्ट्स न्युजका अनुसार इरानका एक वरिष्ठ रिभोलुसनरी गार्डका कमान्डरले अमेरिकी विमान वाहक जहाजलाई निसाना बनाई डुबाईदिने चेतावनी दिएका हुन् ।गार्डको एरोस्पेस विभागका प्रमुख हमिराली हाजिजादेहले भने “कम्तीमा पनि ४० देखि ५० सम्मको लडाकु विमान र ६ हजारको सेना रहेको विमान वाहक हाम्रा लागि गम्भीर चुनौती हो । हाल यसलाई निशाना बनाइएको छ र यो चुनौती अवसरमा बदलिएको छ । यदि अमेरिकाले कुनै कदम चालेमा हामी उनीहरूको टाउकोमै प्रहार गर्नेछौँ” । यता अमेरिकाले भने इरानबाट आएको चेतावनीको प्रतिकार गर्न आवश्यक भएको बताउँदै अमेरिकाले मध्यपूर्वमा विमान वाहक र बी–५२ बम्बर पठाएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तेहरानको परमाणु र क्षेप्यास्त्र कार्यक्रममाथि नियन्त्रण गर्न र सिरिया, इराक, लेबनान र यमनमा फर्जीहरूलाई गर्दैै आएको समर्थन रोक्नका लागि आर्थिक दबाब दिँदै आएको छ ।यता विदेश मन्त्री माइक पोम्पियोले सम्भावित इरानी आक्रमण रोक्न र उनीहरूलाई आवश्यक भएमा त्यहाँबाट भगाउनका लागि अमेरिकाले यो कदम चालेको बताएका छन् । अमेरिकी दबाब बढ्दै गएपछि राष्ट्रपति हसन रुहानी पनि देशभित्र ठूलो राजनीतिक दबावमा पर्दै गईरहेका छन् । तथापी उनले अमेरिकी आर्थिक प्रतिबन्धसँग जुध्न देशभित्र राजनीतिक एकताको आह्वान गरेका छन्। उनले केही दिन अघि भनेका थिए दुस्मनहरूले दिएको दबाव हाम्रो इस्लामिक क्रान्तिको इतिहासमै

अभूतपूर्व स्तरको छ तर म विचलित छैन। हाम्रो भविष्यप्रति ठूलो आशा छ। यदि एकीकृत हुने हो भने हामी यी कठिन अवस्थाबाट पार पाउन सक्छौँ भन्ने मलाई विश्वास छ” ।बिर्तामोड : जिल्ला कारागार झापाको सुरक्षार्थ खटिएका एक प्रहरीको पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको छ। सुरक्षामा खटिएका एक प्रहरीले प्रहरी जवानकुमार भोटेलाई हतियार बुझाए पनि प्रहरी भित्रैबाट पेस्तोल हराएको घटना सार्वजनिक भएको हो। पेस्तोल बुझाउने प्रहरीको नाम भने सार्वजनिक गरिएको छैनप्रहरी नायव निरीक्षक नरेश आचार्य घर बिदामा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई दिइएको थियो। त्यही बेला पेस्तोल हराए पनि कुन दिनदेखि हराएको भन्नेमा प्रहरी नै अनबिज्ञ देखिएको छ।कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ। समितिले हराएको हतियार बारे अनुसन्धान थालेको जनाएको छ। ‘डीएसपीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान भइरहेको छ, बाँकी विवरण आउला’, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।९ महिनाअघि सोही कारागारबाट फरार भएका एक बन्दी अझै फेला परेको छैन। कारागार सुरक्षार्थ खटिएका प्रहरीकै लापरवाहीले एक बन्दी फरार भएका थिए। गौरादह नगरपालिका–८ स्थित जुरोपानी निवासी २४ वर्षीय उमेश माझी फरार भएका हुन्।

Related Articles

Back to top button