समाचार

त्रिभुवन विमानस्थल बाट सन्तोष एका एक गायब भए

श्रीमान हराएको २९ वर्षपछि त्रिभुवन विमानस्थलबाट छोरा एकाएक गायब भएकाठमाडौं । छोरा छोरी भनेको बुढेसकालको लाठी अर्थात सहारा भनिन्छ । तर जस्लाई आफ्नो सहारा सम्झिएको थियो उ नै वेपत्ता हुँदा वृद्धा भएको आमाबाबुको अवस्था के होला? ७० वर्षको बुढ्यौली लागिसकेकी कान्छी खड्काको जीवनमा २९ वर्षपछि एउटै घटना दोहोरियो । अर्थात २९ वर्ष अगाडि श्रीमान् बेपत्ता भएको घाउको खाटामा पुरिन नपाउदै पुनः छोरा हराए । दोलखा चरीकोट- १ घर भएकी कान्छी खड्काको ३२ वर्षीय छोरा त्रिभुवन विमानस्थलबाटै एकाएक बेपत्ता भए ।गतवर्षको फागुन १० गते अस्ट्रेलिया जान लागेकी आमा कान्छीलाई छोड्न विमानस्थल गएका सन्तोष खड्का सोही दिनबाटै सम्पर्कमा आएनन् । आफ्नो साथमा नेपाली पैसा १ हजार रुपैयाँ मात्र भएकोले आफ्नो छोरालाई घर जाउ भनेर पैसा दिएकी थिईन् । तर १ वर्षपछि आफु नेपाल आउँदा छोरो बेपत्ता भएको खबर पाइन् ।दुई सन्तानको बाबु समेत रहको सन्तोषले विमानस्थलबाट फर्किदा आफुले चलाई रहेको फोन आफ्नो छोरालाई दिए । त्यस दिनदेखि नै उनी परिवारको सम्पर्कबाट बाहिरिए । ०७४ सालको फागुन १० गते अष्ट्रेलिया जानको अन्तिम पटक विदाईको हात हल्लाएकी कान्छीले नेपाल फर्किदा छोरा हराएको खबर सुन्नुपर्यो । सवारी चालकको काम गर्दै आएका सन्तोष हराएको खबर पाएदेखि आमा कान्छी खोजीमा लागिरहेकी छन् । तर छोराको अत्तो पत्तो छैन कस्तो थियो पारिवारिक अवस्थामाइलो सन्तानको रुपमा जन्मिएका सन्तोषले कक्षा ६ सम्म अध्ययन गरेका थिए । सन्तोष ४ सन्तानमध्येको एउटैमात्र छोरा हुन् । पहिलो श्रीमतिबाट २ सन्तान छन् । छोरी १७ वर्षीया छन्, भने छोरा १५ वर्षीय छन् । दुवैजना सन्तोषको आमाको संरक्षणमा रहँदै आएका छन् । पहिलो श्रीमतिको निधन पश्चात गोरखाबाट कान्छी श्रीमति विवाह गरेका उनले कान्छी श्रीमतीले छोडेको पनि लगभग १ वर्ष भएको थियो ।

घरमा सामान्यबाहेक त्यस्तो झगडा हुने नगरेको उनको आमा बताउँछिन् ।२९वर्ष अगाडि हराएका थिए सन्तोषका पितापनिकान्छी खड्काको श्रीमान् पनि २९ वर्ष अगाडि हराएका थिए । कान्छी छोरी ६ महिना हुँदा घरबाट निस्किएका श्रीमानकाे अहिले सम्मअत्तो पत्तो नभएको उनको आमामाथि अर्को पीडा थपिएको छ । उनी भन्छिन् १२ वर्षमा खोला फर्किन्छ भन्छन् तर मेरो जीवनमा त खोला झन् उर्लिएर आयो । एउटा संर्घषबाटमाथि उठ्न नपाउदैँ छोरा हराएको पीडा सहनु पर्यो । रोएर हिड्नु वा न चिच्याउनु भन्ने जस्तो भयो उनी भन्छिन् ।सपना विग्रिएको छैन, छोरा कतै होलाआमाको मन न हो, छोरो कतै भेट्टि पो हाल्छ किभन्ने सोच्छु उनी भन्छिन् । चिने जानेकाहरुलाई सोधीखोजी गर्छु , कसैले हेटौँडामा छ भन्छन् । कसैले तेरो छोरालाई मारिदिए होला भन्छन् । उनी भन्छिन् यदि छोरा मरेको भए सपना विग्रनु पर्ने हो । सपना विग्रिएको छैन् मेरो छोरा जीवितै छ । तर कहाँ छ । आँखाभरी आसु पार्दै उनी भन्छिन् । मनमा अर्को पीर लाग्छ, बुढा पनि हराए, छोरा हरायो अब कतै नाती पनि पो हराउने होे की भन्ने पीर लाग्छ । न निन्द्रा लाग्छ, न त भोक नै ।प्रहरीमा उजुरीछोरी सुत्केरी भए पछि छोरी स्याहार्न अस्ट्रेलिया पुगेकी उनी अर्थात सन्तोषकी आमा करिब १ वर्षपछि नेपाल आईन् । नेपाल आए देखि नै छोराको खोजीमा एक्लै भौतारीरहेकी उनले २०७६ वैशाख १० गते महानगरीय प्रहरी वृत्त काठमाडौँमा छोरा हराएको उजुरी गरेकी छन् । प्रहरीले पनि भेटेपछि खबर गर्छु भनेको छ । तर अहिले सम्मअत्तोपत्तो छैन ।

Related Articles

Back to top button