समाचार

पुरानो गीत बजाउँदा बुटबल वाट पक्राउ

काठमाडौं, २ जेठ । पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा बुटबलवाट शाही युवा शक्तिका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा भएको भेलामा उक्त गीत बजाएको भनी पक्राउ गरिएको हो । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ ।शाही युवा शक्तिले पक्राउ गरिएका कार्यकर्ता रिहाईको माग गरेको छ । उसले रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । केसीका परिवारले पत्रकार सम्मेलन गरी उनी अनशनमा रहेको र स्वास्थ्य विग्रन थालेको जानकारी दिएका छन् ।खलङ्गा। जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम शुरु गरिएको छ।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम शुरु भएको हो।व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ।चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागाईंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगजुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको बताए।सो तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ। सिञ्जामा घरबास (होमस्टे) सञ्चालन गरिने कर्णाली प्रदेश सरकारले पर्यटन व्यवसाय प्रवर्द्धनका लागि नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जाका दुई स्थानमा घरबास (होमस्टे) सञ्चालन गर्ने भएको छ।यहाँको नाग्म गमगडी राजमार्ग (रारा सिञ्जा मार्ग) अन्तर्गत बड्की र कनका सुन्दरी गाउँपालिका–१ बोतामालिकामा प्रदेश सरकारले होमस्टे सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो।विशेषगरी रारा सिञ्जामा आउने पर्यटकहरुका लागि सुविधायुक्त बसाइलाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकार पर्यटन मन्क्रालयको सहयोगमा हामेस्टे कार्यत्रम सिञ्जाका दुई स्थानमा सम्झौता भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सिञ्जा क्षेत्रको हिमागाउँपालिका बड्की र बोतामालिका गाउँमा २५ लाखका दरले सम्झौता भएको छ।राजमार्गमा होमस्टे सञ्चालनका लागि शुरुमा नौ सदस्यीय होमस्टे व्यवस्थापन समिति छनोट भई प्रक्रिया अगाडि बढेको र नियमानुसार अन्य सदस्य पनि थप गर्न सकिने बड्की होमस्टे सञ्चालन समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए। त्यस्तै कर्णाली प्रदेश सरकारले जुम्लाका चार स्थानसहित करीब २५ स्थानमा होमस्टे सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ।रासस

Related Articles

Back to top button