समाचार

सांसद आलमलाई जन्मकै’द

काठमाडौं। सांसद मोहम्मद अफताव आलमवि’रुद्ध लागेको सामूहिक नरसं’हारको क’सुर प्रमाणित भए जन्मकै’दसम्मको स’जाय हुने भएको छ।ज्या’नसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकै’द, ज्या’न मा’र्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र वि’स्फोटक पदार्थसम्बन्धी कसु’र गरी तीन मु’द्दा दायर गरेको छ।महेन्द्रनगर। कञ्चनपुरकी बालिका निर्मला पन्तको करणीपछि ह त्या घटनाको डिएनए परीक्षणमा त्रुटि भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो । समितिले मंगलबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको छ ।प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वी र्य नै हो भन्न नसकिने उल्लेख गरिएको छ । चिकित्सक वा प्राविधिकहरूको पसिना नमुनामा मिसिएको हुन सक्ने पनि प्रतिवेदनमा औँल्याइएको छ । यो प्रतिवेदनले डिएनएनमा मात्र भर नपरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खोलिदिएको छ । ‘हामीले सो घटनाको डिएनए परीक्षणसम्बन्धी

सूक्ष्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएका छौँ, कार्यान्वयन गर्ने काम सरकारको हो,’ छानबिन समितिका संयोजक रिजालले भने ।गृह मन्त्रालयले गत महिना रिजालको संयोजकत्वमा डिएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. तुलसी कँडेल सदस्य थिए । ‘डिएनए परीक्षणसम्बन्धी कुनै प्रोटोकल नै फलो गरेको पाइएन,’ समितिका एक अधिकारीले भने, ‘नमुना संकलनदेखि परीक्षणसम्म त्रुटि छ, डिएनएबाट यो केसको अनुसन्धान सफल हुने सम्भावना न्यून छ ।’डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको थियो । यो प्रक्रिया पूर्णतः दोषमुक्त नरहेको एक अधिकारीले बताए । छानबिन समितिले पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकसँग समेत सोधपुछ गरेको थियो । अघिल्लो दिनमै ह त्या भएकोमा भोलिपल्ट साँझ मात्र नमुना लिइएको थियो । त्यसले पनि नमुना दूषित भएको हुन सक्ने औँल्याइएको छ ।डिएनए परीक्षणमा वाइएसटिआर प्रविधिबाट नतिजा

दिनु नै गलत भएको औँल्याइएको छ । ‘वाइएसटिआर विधिले वंशज मात्र पत्ता लाग्छ, व्यक्ति पत्ता लाग्दैन,’ समितिका एक अधिकारीले भने, ‘यस्तोमा अटोजोमल प्रविधि अपनाउनुपर्ने हो, प्रहरीको प्रयोगशालाले यसमा गम्भीर त्रुटि गरेको छ ।’ नमुनाहरू मिश्रित रूपमा परीक्षण गर्दा अटोजोमल प्रविधि सम्भव नभएको र यसमा चिकित्सकको कमजोरी भएको औँल्याइएको छ । तीनवटा भजाइनल स्वाबमा पुरुष डिएनएको मात्रा फरक–फरक पाइएको, डिएनए मात्रा अत्यधिक कम भएकाले सही परिणाम आउन नसक्ने अवस्था देखिएको छानबिन समितिको निष्कर्ष छ ।१० साउन ०७५ मा महेन्द्रनगरमा पन्तको करणीपछि ह त्या भएको थियो । घटनाको २५ दिनपछि प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, मानसिक रोगी रहेका नक्कली अभियुक्तलाई सार्वजनिक गरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । पछि विष्टको डिएनएसमेत नमिलेपछि प्रहरीमाथि सर्वसाधारणको आक्रोश बढेको थियो । प्रहरीले प्रमाण नष्ट गरेको, यातना दिएको भन्दै आठ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसका आधारमा त्यसरी मुद्दा दायर भएको थियो । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले यो खबर लेखेका छन् ।

Related Articles

Back to top button