समाचार

३८ क्वीन्टल सुन त’स्करी प्रकरणका नाइके गुरूङ आईजीपी खनालका व्यावसायिक साझेदार !

काठमाडाैँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका एक जना नाइके भुजुङ गुरूङसँग प्रहरी प्रमुख सर्वेन्द्र खनालको व्यवसायिक साझेदारी रहेको देखिएको छ । यसअघि गुरूङकै होटल मनङमा खनालको अबैध लगानीका बारेमा नेपाल खबरले समेत समाचार प्रकाशन गरेको थियो । प्रहरी प्रमुख खनालले ‘थर्ड पर्सन बेनिफिसियरी’ हुने गरी आफू निकटका केही व्यक्ति मार्फत काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ मा रहेको होटल मनाङमा लगानी गरेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा खनालले अर्कै व्यक्तिको नाममा लगानी गरेको भेटिएको हो । गुरूङको सम्पत्तिको स्रोत खोज्नेक्रममा विभागले खनालको अबैध लगानी पनि भेटेको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार होटल मनाङमा देखिने लगानीकर्ता बाहेक खनालको हिस्सेदारी रहेको भेटेको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले होटल मनाङको लागानीबारे विस्तृत अनुसन्धान गर्ने क्रममा तेस्रो व्यक्तिहरु समेत संलग्न भेटिएको पुष्टि गर्दै उनीहरूको बारेमा पनि अनुसन्धान गरिरहेको बताएका छन । उनले खनालको नाम नलिएपनि उनी लगायतकोबारेमा समेत सूचना संकलन गरिरहेको बताए ।

सम्पत्ति शुद्धिकरण विभाग स्रोतका अनुसार होटल मनाङमा महानिरीक्षक खनालले देवेन्द्र गिरी र सुचित्रा भण्डारी गिरी मार्फत सुरुदेखि नै लगानी गरेको प्रमाण भेटिएको छ । खनालले सुरूमा गिरी दम्पत्ति मार्फत र पछि कम्पनी मार्फत समेत लगानी गरेको देखिन्छ । देवेन्द्र, सुचित्रा र सिंग ग्लोबल इन्भेष्टमेन्ट मार्फत होटलमा लगाउनी गरेको प्रारम्भिक अनुसन्धनले नै स्पष्ट भएको विभागका अधिकारी बताउछन । यसले गुरूङ र खनाल पुरानो व्यवसायीक साझेदार रहेको बुझ्न सकिन्छ । पूरा पढ्नुहोस…

Related Articles

Back to top button