समाचार

कोशी ब्यारेजवाट हामफालिन् २१ वर्षीया मनिषा

सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ । कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट नदीमा हाम्फालेकी सप्तरीको खडक नगरपालिका–१० बनौली बस्ने उमेश चौधरीकी श्रीमती २१ वर्षीया मनिषा चौधरीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

कोशी नदीमा छठघाट सरसफाइका लागि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक मोहम्मद साकिर राईनको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको हो । हामफालेको देखेपछि तत्काल उद्धार गरी चौधरीलाई स्थानीय भारदह अस्पतालमा ल्याइएर उपचार गरिएको प्रहरी नायब निरीक्षाक राईनले बताए ।

यो पनि पढ्नुहोस…

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृहमन्त्रालयले बताएको छ । सो सुरक्षा योजनाबारे शुक्रवार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो ।

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी,नेपाली सेनाका रथी गौरव तण्डुललगायत सहभागी थियो ।

बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतको निर्वाचनका अनुभव आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिए । उनले निर्वाचनलाई स्वच्छ,स्वस्थ,शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Related Articles

Back to top button