समाचार

महरालाई पुर्पक्षकालागि थुनामा डिल्लीबजार कारागार लगिने

१८ कात्तिक, काठमाडौं ।
ब ला त्का र प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ ।बुटवल । गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेको छ । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७/८ वर्षीय २ बालकको शव बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए

कच्ची सडकबाट ४ मिटर दूरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दूरीमा २ जना बालकको शव फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षकको कमाण्डमा एक टोली पठाइएको एसपी खड्काले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइँदैछ । बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ। लु १ ख ८४७७ नम्बरको बसको ठक्करबाट स्थानीय राजेश थारुका डेढ वर्षिया छोरा टोपेन्दर थारुको ज्यान गएको हो ।झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवाका लागि जाने क्रममा खेलिरहेका बालकलाई बसले ठक्कर दिएको थियो भने उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

Related Articles

Back to top button