समाचार

पूर्वसांसद को बसको ठक्कर बाट मृत्यु

बर्दिबास- धनुषाका पुर्वसांसद रामलखन महतोको दुर्घटनमा मृत्यु भएको छ। जनकपुर-ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका(१ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई शुक्रबार बसले ठक्कर दिँदा महतोको निधन भएको हो । पचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बसले बाटो काट्ने क्रममा महतोलाई ठक्कर दिएको थियो। २०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा। रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए।महतो पछिल्लो समय मोहन वैद्य निकट क्रान्तिकारी माओवादीमा आवद्ध थिए। उनको एक छोरा र एक छोरी छन्।

तस्विर अन्नपुर्ण

Related Articles

Back to top button