समाचार

प्रधानमन्त्रीको मिर्गौला र फोक्शोमा समस्या

काठमाडौ,१७कात्तिक/
प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन ।केहि समयदेखि बिरामी भएका प्रधानमन्त्रीको मिर्गौला र फोक्शोमा समस्या देखिएपछि यसअघिनै दुई पटक डायलासिस गरिएको थियो ।

प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार डाक्डरहरुको सलाह बमोजिम फेरी मिर्गौला डायलासिस गर्नुपर्ने भएपछि अहिले बिहान ग्रान्डी अस्पताल पुर्याइएको हो ।

प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि सरेको छ। प्रधानमन्त्री ओलीले शनिवार बसेको नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे जानकारी गराउँदै आफ्नो मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको बताएको थियो ।

उनले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम गर्न नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी गराउनु भएको थियो ।

Related Articles

Back to top button