समाचार

महिलासहित दुई बालबालिकाको शव फेला, शबमा ढुंगा प्रहारी गरी छियाछिया परेका चोट देखेपछि देख्नेहरु सबैका आँखा रसाए

तम्घास -गुल्मीमाविभत्स तरिकाले हत्या गरी फालिएका तीन जनाको श’व फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको श’व फेला परेको हो । जंगलमा स्थानीयले ती शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

श’व देख्दा धेरैका आँखा रसाएका थिए । फोला परेका शव अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालक र ५ वर्षीया बालिकाको हुनसक्ने अनुमान गरिएको छ । महिला र बच्चा सबैको टाउकोमा ढुंगा प्रहारी गरी छियाछिया परेका चोट देखिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button