समाचार

रुपन्देहीमा गोली चल्यो, एक जना भारतीय

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएका छन् ।प्रहरीले १ जना भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनीबाट मेड इन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको छ ।पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर बिरामी परेका हुन् । बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख सुन्दर तरामु मगरले जानकारी दिनुभययस्तै १२ जनालाई गाउँमै सलाइन पानीसहितको औषधि दिइएको छ भने अरुको पनि उपचार भैरहेको छ । फूड प्वाइजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ
पत्ता लाग्न सकेको छैन अहिले घटनास्थलमा डाक्टरहरु पुगेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।बुटवल। रुपन्देहीको नेपाल भारत सीमा नाका

शंकरपुरमा विहीबार गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेको भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबीलाई प्रहरीले पक्राउ गर्न खोज्दा गोली चलेको हो ।धोबीलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।आक्रमणमा परी नेपाली तीन जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरीमा तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता भण्डारीले जानकारी दिएप्रहरीले धोबीको साथबाट एउटा ‘अटोमेटिक पेस्तोल’ बरामद गरेको छ । हतियार लिएर आउने धोबी प्रहरीको गोली लागेको घाइते भएको छ । घाइते धोबीलाई भारतीय पक्षले नै उठाएर लगेका छन् ।भण्डारीले भने, ‘अतियार सहित नेपाल प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्न खोज्दा उसले गुहार मागेपछि नेपाल सीमा क्षेत्रमा भारतीयहरु प्रवेश गरी प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो ।’धरान , २ जेठ । लागू औषध बिक्री गर्ने धरानको एक मेडिकल सञ्चालक सहित २ जनालाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । धरान २ स्थित दीपक मेडिकलका सञ्चाक दीपक शाह र लागू औषध खरिदकर्तालाई रंगेहात नियन्त्रण लिई इलाका प्रहरी कार्यलय धरानले विहीबार सार्वजनिक गरेको हो ।शाहले अवैध लागु औषध

बिक्रि गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बुधबार साँझ उनले सञ्चालन गरेको मेडिकलमा छापा मारेर औषधि खरिद गर्दै गरेका धरान ८ का दीपक लिम्बूलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।प्रहरीले सञ्चालक शाह तथा
खरिदकर्ता लिम्बूसंगै लागू औाषध टेपल ५० २ सय ४६ क्याप्सुल, स्पास्पाइन ३ सय ९२ क्याप्सुल , प्रिगाबालिन ३३ क्याप्सुल समेत बरामद गरी आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगर बुझाइएको धरान प्रहरीले जानकारी दिएको छ रिना बस्नेत प्रकरण : मादक माया, ज्यानमारा मदिरा काठमाडौं, २ जेठ । यो महिना पूर्वमा निक्कै चासो र चियोको विषय बन्यो, मोरङ पथरीमा कस्मेटिक पसल खोलेकी रिना बस्नेत मृत्यु प्रकरण ।हत्या आशंका, आत्महत्या र अनेक विषयको विरोधाभाषमा उक्त मृत्यु प्रकरणलाई चासोका साथ व्याख्या गरियो । उनका छोरा साइमन, पतिलगायतका अन्तरवार्ताहरू र बयानबाजी पनि चर्चामा रहे ।निष्कर्शचाहिँ, मृत्यु नै भएको प्रहरी अनुसन्धानले खुलायो । अन्य पाटाबाट पनि उक्त प्रकरणबारे प्रहरी अनुसन्धानमा हुनसक्छ । तर, लगभग यो प्रकरणको प्रारम्भिक अन्त्य पोष्टमार्टम रिपोर्ट आएपछि भयो । पोष्टमार्टक रिपोर्टले भन्यो,‘बस्नेतको मृत्यु छातीमा चोट लागेको र अधिक मदिरा पेटमा रहेको थियो रिपोर्टलाई आधार मान्ने हो भने, रिना बस्नेतले मदिरा पिएर लडेको हुनसक्छ । यो अनुमानमात्र हो,

अन्तिम सत्य प्रशासनले नै जानकारी दिन सक्ला । तर, मोरङ प्रहरी प्रमुख मनोज केसीले पोष्टमार्टमको रिपोर्टलाई नै प्रारम्भिक आधार जनाइसकेका छन्
मादक माया, ज्यानमारा मदिरारिनाका छोरा साइमनले विभिन्न माध्यममा आएर आमाका प्रेमी रहेको पुष्टि गरिदिए । यो पुष्टि प्रहरीले पनि गरेको थियो, कमल नेपाल पक्राउ गरी अनुसन्धानमा बयान लिने क्रममा । नेपालको संलग्नता हुन नसक्ने देखेरै १० हजार धरौटीमा उनी प्रशासनको नजरमा रहनेगरी रिहा
भइसकेका छन् ।नेपालले नै भनेका थिए,‘हो, रिना र मेरो प्रेम थियो ।’ यसबाहेक रिनाकी भाउजुले पनि यो विषयलाई खुलेर बताएका कारण पुष्टि हुने आधार छ ।रिना बस्नेतको दाहसंस्कार भइसकेको छ । तर, यो प्रकरणले आधुनिक समाजको एउटा चित्र खोलेको छ, ‘मादक माया, ज्यानमारा मदिरा’का बारेमा ।घटनाक्रमको विश्लेषण गर्दा जुन दिन रिनाको मृत्यु भएको त्यसको अधिक रातसम्म उनी कन्सर्टमा मदिरा पिएर रमाइलो गर्न पुगेकी थिइन् । उनका छोरा साइमनका अनुसार त्यसै राती घरमा आएपछि मदिरा थपिएको थियो । साइमनले मिडियामा दिएको बयान र पोष्टमार्टम रिपोर्टको तथ्य मेल खान्छअर्को, नेपालले बस्नेतसँग प्रेम रहेको स्वीकार गर्नु र अनुसन्धानका क्रममा त्यसै रात नेपालसँग टेलिफोन सम्पर्कमा लामो कुरा हुनु मादक मायाको प्रभाव थियो । उनीहरूबीच गहिरो प्रेम रहेछ जसका कारण रिना मदिरा पिएर नेपालसँग गफिन थालिन् ।गम्भिर दुर्घटनावैदेशिक रोजगारीमा रहेका पतिको कमी सामाजिक र पारिवारिक हिसाबले पनि रिनाका लागि स्वभाविक रहँदा भावनात्मक सम्बन्ध जोडिएका नेपाल नजिक भए नेपाली समाजमा मात्र होइन, यस्ता भावनात्मक सम्बन्धहरू मानव सभ्यता रहेका अन्य मुलुकमा पनि रहँदै आएका कतिपय उदाहरण देखिन्छ ।तर यो सम्बन्धलेचाहिँ एउटी महिलालाई गम्भिर दुर्घटनाको शिकार बनायो ।

Related Articles

Back to top button