समाचार

BREAKING : निवर्तमान सभामुख महरा जे’ल चलान

काठमाडौं। संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई ब लात्का र प्रयास गरेको आरोपमा प’क्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जे’ल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जे’ल चलान गर्न आदेश दिएको हो । महरावि’रुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीवार दायर गरेको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो ।

जिल्ला न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिने भएको छ ।

जिल्ला अदालतमा शुक्रवार महराको बयान भएको थियो । बयानमा महराले पी’डित भनिएकी रोशनी शाहीको डेरा रहेको क्षेत्रमा आफू गएको तर, उनको डेरामा प्रवेश नगरेको बयान दिएका थिए ।

ब लात्का र प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् । उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते दशैंको महाअष्टमीको दिन प’क्राउ गरिएको थियो ।

Related Articles

Back to top button