समाचार

फेरि गुल्मी बाट आयो दुःखद खबर,

शनिवार गुल्मीमा एकै ठाउँमा भेटिएका ३ वटै श वको पहिचाहन हुन सकेको छैन् । चन्द्रकोट गाउँपालिका( ३ पोखरीको जंगलमा भेटिएका श वको अझैं पहिचाहन नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएपी मिनबहादुर घलेले बताउनुभयो । श वको टाउकोमा ग म्भीर चो ट छ । घटनास्थल नजिकै हम्मर (घन) भेटिएको प्रहरीले जनाएको छ । श व पोष्टमार्टमपछि धेरै दिन गुल्मी अस्पतालमा राख्न समस्या भएपछि पाल्पा अस्पताल पठाइएको छ ।

प्रहरीले श व पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरेको छ । तर, अहिलेसम्म कोही सम्पर्कमा आएका छैनन् । श वको पहिचाहनका साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ९एसपी० राजेन्द्रसिंह खड्काले बताउनुभयो । पोष्टमार्टम रिपोर्ट आएपछि केही कुरा खुल्ने सक्ने उहाँले बताउनुभयो। तीन वटा श व मध्ये एउटा २८/२९ वर्षे महिला र र २ वटा ८ देखि १० वर्षका बालिकाको रहेको प्रहरीले बताएको छ ।

कच्ची सडकभन्दा ४ मिटर टाढा महिलाको श व भेटिएको थियो भने एकरएक मिटर टाढा दुई बालिकाको श व भेटिएको प्रहरीले जनाएको छ । उनीहरु मंगोलियन अनुहारका छन् । श व फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टापछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान बाग्लुङ जिल्ला नजिक पर्छ ।

Related Articles

Back to top button