समाचार

भर्खरै एक पुरुषले नारायणी पुलबाट हा’मफाले, यस्तो छ अबस्था

चितवन, चितवनको भरतपुर–३, नारायणगढस्थित नारायणी नदीमा एक पुरुषले हा’म फा’लेका छन् ।आज (बुधबार) विहान करिव ९ः३० बजेको समयमा प’हिचान नखुलेको अन्दाजी ५०/५५ वर्षीय पुरुषले नारायणी पुलबाट हा’म फा’लेका वडा प्रहरी का’र्यालय नारायणगढले जानकारी दिएको छ ।एक पुरुषले पुलबाट हा’म फा’लेको जानकारी पाउनासाथ त’त्काल प्रहरीको टो’ली ख’टिइ नि’जलाई घा’इते अ’वस्थामा उ’द्धार गरेको छ । ग’म्भिर अ’वस्थामा उ’द्धार गरिएको पुरुषलाई भरतपुर अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस -भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दा’बी गर्दै आएको थियो ।जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।लामो समयदेखि भारतले अ’तिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै के’न्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा वि’वाद फेरि एक पटक सतहमा आएको छ । अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अ’तिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो । यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक–पटक नेपाली पक्षले वि’रोध जनाउँदै आएका थिए ।

‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर झण्डा नै फहराएका थिए ।दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि.सं. २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ । त्यो बेला पत्रकार भैरव रिसाल तथ्याङ्क विभागको अधिकृतका रुपमा लिपुलेक पुगेर त्यहाँको जनगणना गर्नुभएको थियो । तर अहिले त्यो क्षेत्रलाई नै भारतले आफ्नो भन्दै राजनीतिक नक्सा सार्वजनिक गरेको हो । नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली प’क्षले वि’रोध जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति वि’रोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकाेमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याकाे सम्बाेधन गर्न मा’ग गरेकाे छ ।त्यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले भारतको गृह मन्त्रालयले तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको भन्दै विरोध जनाएको छ ।

नेमकिपाका सचिव प्रेम सुवालले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘भारतको गृह मन्त्रालयले यही कात्तिक १८ गते तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको भन्ने प्रकाशित समाचारप्रति नेमकिपाको ग’म्भीर ध्या’नाकर्षण भएको छ, भारत सरकारको यस्तो विस्तारवादी प्रवृत्ति र उद्देश्यको च’र्को वि’रोध र नि’न्दा गर्दछ ।’नेमकिपाले यसको वास्तविकताबारे तत्काल आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ ।

नेपालको नापी विभागले तयार गरेको नक्सामा लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) नेपालभित्र परेको र यो नक्सा सबै सरकारी का’र्यालय र निजी सं’स्थानहरूले प्रयोग गर्दै आएको भन्दै यसबारे सरकारले त’त्काल आधिकारिक धारणा बाहिर नल्याए पार्टी आ’न्दोलनमा उ’त्रिने बताएको छ ।प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सन् १९५२ मा काठमाडौँ र उत्तरी सीमा नाकाहरूमा भारतीय सेना राख्न अनुमति दिएको यसमा जनताको च’र्को वि’रोधपछि सन् १९६९ मा भारतीय सेना फि’र्ता गएपनि नेपालको कालापानीबाट भारतीय सेना फि’र्ता नगई य’थावत रहेको

७१ भन्दा बढी ठाउँमा भारतले नेपाली भूमि अतिक्रमण गरेको, वि.सं. २०२२ मा भारतले नेपालको सुस्ता क्षेत्र अतिक्रमण गरेको र यस्ता कदमको पटक पटक नेमकिपाले विरोध गर्दै आएको छ ।’नेपाल र बेलायती भारतबीच भएको सन् १८१६ को सुगौली सन्धिमा नेपालले करिब ६० हजार वर्ग किलोमिटर भूमि गुमाएको भन्दै नेमकिपाले सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मु’क्त भए पनि सुगौली सन्धिमा गु’मेको नेपाली भूमि अझै फि’र्ता नभएको बताएको छ ।भारतले नेपालको मात्रै होइन पाकिस्तानको भूभाग पनि आफ्नो नक्सामा समेटेको छ ।

Related Articles

Back to top button