समाचार

दुःखद खबर नरपानी मा दुर्घटना एकै परिवारका ३ जनाको मृत्यु दुई जना घाइते

अर्घाखाँची २० कात्तिक सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको निधन भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । कारमा सवार मध्येका घाइतेहरूको उद्धार भैरहेको जानकारी प्राप्त भएको छ ।

घटनामा दुई पुरुष एक महिलाको निधन भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

साभारि समाचार ।

Related Articles

Back to top button