समाचार

बाबु–छोरी सवार मोटर साइकल दुर्घटना छोरीको मृत्यु बाबु घाइते

बाबु–छोरी सवार मोटरसाइकललाई ट्याङ्करको ठक्कर, छोरीको मृत्यु काठमाडौँ – शुक्रबार बिहान काठमाडौँको सुन्धारामा भएको एक सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने अर्का १ घाइते भएका छन्।नागस्थानबाट वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशाबाट आइरहेको बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडी सवार एक जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार ट्यांकरले मोटरसाइकललाई बिहान सवा १० बजेतिर ठक्कर दिएको हो। ठक्कर पछि गम्भीर घाइते भएकी काभ्रे, पनौती-१० की २३ वर्षीया सुनिता खत्रीलाई ट्रमा सेन्टरमा लागिएको थियो।तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। यस्तै घाइते भएका मोटरसाइकल चालक रामशरण केसीको उपचार भैरहेको प्रहरीले जनाएको छ।ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिसकेको छएजेन्सी – युनाइटेड अरब इमिरेट्समा भएको एक विमान दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको होमिडियाहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार बिहिबार साँझ ७ बजेर ३० मिनेटमा भएको हो। डीए–४२ नामक उक्त चार सिटे विमानमा चालक, सहचालक र दुई यात्रु सहित ४ सवार थिए।दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको र मृत्यु हुनेहरुमा तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिक

रहेको दुबईका अधिकारीहरुले बताएका छन्।दुर्घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको बताइएको छ। मिडिया रिपोर्टका अनुसार विमानस्थलतिर आएका एस् सम्पूर्ण विमानलाई अन्तै मोडिएको थियो भने उडानभर्न तयार विमानहरुले पनि ढिलो उडान भरेका थिए।प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६०५:५भारतीयद्वारा लखेटी–लखेटी नेपाली कुटिए, स्थिति तनावग्रस्त।पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ ।इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए । किनमेल
गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी

निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताउनुभयो ।सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए । भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उनले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताए ।सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ । सो घटनालाई लिएर नेपाल–भारतबीचका जनताबीच कुनै अप्रिय घटना नहोस् भनेर दुवै देशका सुरक्षा अधिकारी सचेत रहेका छन् ।

Related Articles

Back to top button