समाचार
अब जेलभित्रै शारीरिक सम्बन्ध राख्न पाउने, गर्भवती भए ६० दिन बिदा
काठमाडौं। अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन। बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन्। बाहिर रहेका पतिलाई कै’दी पत्नीसँग भेट्न छेकिने छैन।
कारागार परिसरभित्रै उनीहरूले यौ न सम्पर्क राख्न पाउनेछन्। त्यति मात्र होइन, गर्भवती महिला कै’दीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग बिताउन दिइनेछ ।
सरकारले यी दुई व्यवस्था समेटेर का’रागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।