समाचार

‘कालापानीबाट भारतीय सेना हटाऊ’

काठमाडौं : नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ। भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ।

कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहान लाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लो पटक जारी नक्सामा भने लिम्पियाधुरा तिरबाट आउने नदीलाई काली नदी भनेको छ । काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो। सन् १८५६ अघिका नक्सा, सन्धिसम्झौता र दस्ताबेजदेखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीको उद्गम लिम्पियाधुरा स्पष्ट छ।

सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो। जुन नदीको वास्तविक उद्गम दार्चुलाको ब्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा हो। सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकाराद्वारा प्रकाशित सबै नक्सामा कालीको मुहान लिम्पिया धुरा नै देखाइएको छ। सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो।

कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटिङ्याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो। सीमा अध्येताहरूले भारतले काली नदीको यथार्थ स्वीकारेका कार ण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भूभाग फिर्ता ल्याउनुपर्ने बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Related Articles

Back to top button