समाचार

। दुर्घटना मा जुम्लाका शाहीको मृ’त्यु

बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घ टनामा घाइते विद्यार्थी नेताको मृ त्यु भएको छ।

मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृ त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठो क्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घा इते भएका थिए। मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

त्यस्तै कोहलपुरदेखि शम्शेरगञ्जतर्फ जाँदै गरेको अटोरिक्सालाई गएराति ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालक ग म्भीर घा इते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ब मका अनुसार, ट्रकको ठक्करबाट राप्तीसोनारी– ८ की धनसरा बुढा घा इते भएकी हुन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस

Related Articles

Back to top button