समाचार

प्रेमीद्वारा प्रेमिका को हत्या गाउँ तनावग्रस्त

प्रेमीद्वारा प्रेमिकाको हत्या बुटवल– रुपन्देहीको गैडहवा गाउँपालिकामा मृत फेला परेकी एक किशोरीलाई आफ्नै प्रेमीले हत्या गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । गौडहवा गाउँपालिका १, साविक साँडीका गाविस भुझाउलीकी १९ वर्षीया किशोरी सर्वनाम निशा बैशाख १ गते (बुधवार ) विहान कुलोमा मृत भेटिएकी थिइन् रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार हत्या आशंका गरिएका र प्रेमी भनिएका एक युवा घटनालगत्तै फरार छन् । मृतक किशोरीको घर नजिकै रहेका २२ बर्षका असरुद्धिन मुसलमान फरार रहेको रुपन्देही प्रहरीले जनाएको छ ।सोधपुछका लागि ६० वर्षीया उनकी आमा मवाकुन निशा र २० बर्षका छोरा उजिउद्धिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव भेटिएको स्थानबाट उनीहरुको घर १ सय

२० मिटर टाढा छ । युवती बैशाख ३० गतेबाट बेपत्ता थिइन् । तनावग्रस्त गाउँ गैडहवा गाउँपालिका प्रमुख बच्चु केवटका अनुसार सर्वनाम हत्या काण्डपछि गाउँ तनावग्रस्त बनेको छ । मृतक किशोरीका छिमेकीहरुले उनका प्रेमीको घर जलाई दिन्छौं भन्दै बिहीबार प्रदर्शन गरेका छन् । ‘हत्या उनकै प्रेमीले गरेको आशंकामा घर जलाइदिन्छौं भन्दै स्थानीय आक्रोसित छन्’ गाउँपालिका प्रमुख केवटले भने, ‘संयम रहन हामीले आग्रह गरी सामन्य पार्ने प्रयास गरेका छौं । प्रहरीलाई स्वतन्त्रपूर्वक अनुृसन्धान गर्न दिन आग्रह गरेका छौं ।’ रुपन्देहीका प्रहरी प्रमुख ह्दय थापाका अनुसार ती प्रेमी भनिएका युवा घटना लगत्तै फरार छन् । ‘काठमाडौं पठाइएको उनको पोष्टमार्टम रिर्पोट अझै आई पुगेको छैन’ एसपी थापाले भने, ‘प्रारिम्भक अनुृसन्धानले उनको हत्या भएको देखाउँछ ।’

Related Articles

Back to top button