समाचार

सीमा वि’वादले सम्बन्ध तरल भारतीय राजदूत मञ्जिवसिंह पुरी दिल्ली फर्किंदै

काठमाडौं । नेपाल र भारतबीच यतिबेला सीमा वि’वादले सम्बन्ध तरल अवस्थामा पुगेको छ । दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा पारेपछि दुवै देशबीच सम्बन्धमा खट’पट देखिएको हो ।

यस विषयमा दुवै देशले औपचारिक वार्ता प्रयास सुरु गरेका छैनन् । प्रधानमन्त्री केपी ओलीले हालै बोलाएको सर्वपक्षीय बैठकमा सबैले कालापानी नेपालकै भूमि रहेको भन्दै भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई बोलाएर वि’रोध पत्र दिनुपर्ने सल्लाह दिइएको छ । त्यस्तै, परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीस्तरमा छलफल गर्न सुझाव दिइएको छ ।

नेपाल र भारतबीच सीमा विवाद च र्किंदै जाँदा नेपालका लागि नयाँ राजदूतको खोजी भएको छ । नेपालका लागि २४ औं भारतीय राजदूत पुरीले उमेरहदका कारण आगामी सन् २०१९ डिसेम्बर ३१ देखि अवकाश पाउँदैछन् । उनको अवकाशको मिति नजिकिंदै जाँदा कालापानी, लिपुलेक र लिम्पियाधुराको मु’द्दाले चर्को रुप लिंँदैछ ।

पछिल्लो समय भारतीय राजदूत पुरीको चलखेल रोकिएको छ । उनी भारतीय सहयोगमा निर्मित आयोजनाको शिलान्यास, उदघाटनमा मात्र सीमित हुने गरेका छन् । नेपाली राजनीतिक दलका नेताहरूसँग उनको भेटघाट निकै पातलिँदै गएको छ । प्रधानमन्त्री केपी ओलीले त उनीसँगको भेटघाट करिब करिब बन्द नै गरिसकेको स्रोतले बतायो ।

सन् २०२० जनवरी १ देखि लागू हुने गरी नेपालका लागि २५औं भारतीय राजदूतका लागि विभिन्न नामहरूमा चर्चा सुरु भएको छ । हाल भारतको विदेश मन्त्रालयमा कार्यरत गोपाल बागले, जावेद अहमद र रेणु पालको नाम अहिले नयाँ भारतीय राजदूतका लागि चचार्मा रहेको बताइन्छ ।

बागले नेपालस्थित भारतीय दूतावासको उच्च पदमा रहेर काम गरिसकेका, नेपाली भाषा पनि स्पष्टसँग बोल्न सक्ने, सबैसँग घुलमिल हुन सक्ने र मिडियामैत्री स्वभावका कूटनीतिज्ञ हुन् । त्यसैगरी नयाँ राजदूतको चर्चामा रहेका जावेद हाल सिंगापुरमा कार्यरत छन् भने रेणु भारतको विदेश मन्त्रालयमा कार्यरत रहेको बताइन्छ ।

Related Articles

Back to top button