समाचार

। हतियार सहित नेपाल प्रवेश गरेका भारतीय धिरज लाइ

बुटवल । नेपाल प्रहरीको गोली लागेका एक भारतीय नागरिकको ज्यान गएको छ । हतियार सहित खुल्ला रुपमै नेपाल प्रवेश गर्दै गरेका भारतीय नागरिकलाइ गएराति प्रहरीले गोली चलाएको थियो । मृत्यु हुनेमा भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबी रहेका छन् धोवी गोली लागेर गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा भारतको महाराजगञ्जमा ज्यान गएको हो । हतियार सहित नेपाल प्रवेश गर्दै गरेका धोबीलाई सिद्धार्थनगर १० शंकरपुरमा प्रहरीले गोली हान्दा उनको पेटमा लागेको थियो ।उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी
धर्मराज भण्डारीले बताएका छन् । धोबीले९ चलाएको गोली लाग्दा ३ जना नेपाल प्रहरी पनि घाइते भएको डीएसपी भण्डारीले बताएका छन् ।तम्घास ।

आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि जुनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।मृतक शिशुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शव परीक्षण र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ

Related Articles

Back to top button