समाचार

प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे अवतरण गरेको हो ।उनि ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए।रासस विमानस्थलमा विमानस्थलमा जापानी नागरिकको झोला चेक गर्दा झस्कियो प्रहरी, के रहेछ झोलामा ?काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहि एक जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पठाइएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए।धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प

मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो।भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ।काठमाडौँमा भर्खरै भूकम्पको धक्का !जेठ ०३, २०७६काठमाडौँ – शुक्रबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। करीब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प बारे अन्य विवरण भने प्राप्त हुन बाँकि नै छ ।२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि देशका विभिन्न ठाउँमा निरन्तर भूकम्पको धक्का महसुस गरिँदै आएको छ। यहि हप्ताको सोमबार पनि सिन्दुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको धक्का महसुस गरिएको थियो।महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्राडा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तरभइरहेको भन्दै उनले यसबाट

हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए। ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहनेपौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको संकेत परकम्पनले दिने उनले बताए।सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ। विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताए।विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए। पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ।भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ। भूकम्पले नभएर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो।प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६०८:३५

Related Articles

Back to top button