समाचार

भ्रष्टाचार गरेको भन्दै अध्यक्षको घरमा बम बिष्फोट

काठमाडौँ – शुक्रबार राति सप्तरीमा बम बिष्फोट भएको छ । सप्तरीको बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएकोबलान-बिहुल गाउँपालिका २ मा रहेको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार मध्यराति कुकर बम बिष्फोट गराइएको हो। प्रहरीका अनुसार लगभग १२ बजेको आसपासमा बम बिष्फोट भएको हो।बिष्फोटबाट गोइतको घरमा भएका सम्पूर्ण सामानमा क्षति पुगेको बताइएको छ। बिष्फोट हुँदा गोइतका काका श्याम गोइत मात्रै घरमा रहेको र उनी दलानमा सुतिरहेको बताइएको छ। बम छर्रा लागेर घाइते गोइत घाइते भएका छन्।बम बिष्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । उक्त समूहले एक विज्ञप्ति जारी गर्दै बिष्फोटको जिम्मा लिएको हजारी विज्ञप्ति मार्फत समूहले गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेका हुँदा बिष्फोट गराइएको र भ्रष्टाचार जारी नै रहेमा योभन्दा उच्चस्तरको कार्वाही गर्ने चेतावनी समेत दिएको छप्रकाशित : शनिबार, जेठ ०४, २०७६०३:५ फेवतालमा अन्दाजी ३५ बर्षीया महिलाको शव फेला परेको छ। नवलपुर स्थायी घर भई हाल पोखराको रत्नचोक बस्दै आएकी चन्द्रमा बस्यालको शुक्रबार दिउँसो फेवातालमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।हाल मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ।बस्यालको हत्या आत्माहत्या हो वा के हो भन्ने विषय बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।सांसद कृष्णा चढेको गाडीमा तोडफोडबाँके- बाँके क्षेत्र नम्बर १९क० बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’चढेको गाडी शुक्रबार साँझ तोडफोड भएको छ ।प्रहरी चौकी घेराउ गरिरहेकोसमुहले केसी चढेको गाडी नरैनापुरमा तोडफोड गरेको हो प्रहरी चौकी

घेराउकाक्रममा केसी निर्वाचन क्षेत्रको भ्रमण गरी कटकुइयाबाट फर्कँदै थिइन् ।नरैनापुरमा ब्यवसाय गर्ने भारतीय नागरिक चरेस सहित पक्राउ गरेपछि स्थानिय
आक्रोशित हुँदै प्रहरी चौकी घेराउ गरेका थिए ।निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले रिहाइको पहल गरिदिन केसीलाइ दवाब दिएका थिए ।केसी त्याहाँबाट अघि बढ्न खोज्दा गाडीमा तोडफोड भएको हो ।वीरगन्ज । पर्सा जिल्लाको सुदूर उत्तरी नाका ठोरीसँग जोडिएको भारतको भिखना ठोरी बजारमा किन मेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी– लखेटी कुटपिट गरेको खबर आजको नेपाल समाचारपत्रमा बीरगंज वाट कृष्ण उदास खनालले लेखेका छ । इलाका प्रहरी कार्यालय ठोरीका अनुसार केही भारतीय बिही बार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरी कै ३३ वर्षीय रवि साह लाई सोध्दा उनले गलत बाटो देखाएका थिए ।तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा पाँच नेपाली घाइते भएका छन। किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताउनु भयो ।सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी

कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विक सहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोग मा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए । भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् ।भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतफ पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । तर,भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारले पनि घटना भएको र घटना मा संलग्नहरु फरार रहेकये जिकिर गरेकय छन् । ठोरी नाकामा बेला बेलामा भारतीय पक्षले ज्यादती गरेको भन्दै आन्दोलन हुँदा झडप समेत हुने गरेको छ ।सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एस एसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरेका छन् । भारतीयहरुले आफूहरुमाथि ज्यादती गरेकये भन्दै शुक्रबार बिहानैबाट स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले भारतीय पक्षको ज्यादती हद भन्दा बढी भएको बताउनु भयो ।

Related Articles

Back to top button