समाचार

काँग्रेसको युग सकियो, कांग्रेसलाई म्युजियममा राखौं –

कास्की । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाली काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचन जितेका भट्टराईले सोही कांग्रेसलाई अब म्युजियममा राख्नुपर्ने बताएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो भूमिका रह्यो । अब काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ,’ उनले भने । जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएको उल्लेख गर्दै उनले थपें, ‘अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्छ ।’अर्का अध्यक्ष उपेन्द्र यादवले

संविधान संशोधन नगरी जुनसुकै बेला सडकमा आउन सक्ने बताए । आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको बताउँदै सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने बताएका हुन् । संविधान संशोधन गरेर त्रुटी नसच्याए सडक आन्दोलनको विकल्प नभएको बताए ।यादवले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आह्वान गरे । ‘आफूले गरेको वचन, हस्ताक्षर र प्रतिवद्धतामा जो कोही उभिनुपर्छ । उभिदैनन् भने जनताले के भन्ने त्यो पनि समय आउँदैछ,’ यादवले भने, ‘हामी सरकार समातिरहन गएका होइनौँ, संविधान सच्याउन र पाएको अधिकारीलाई रक्षा गर्न गएका हौँ ।प्रकाशित : शनिबार, जेठ ०४, २०७६०४:४१

Related Articles

Back to top button