समाचार

गर्भवती किशोरीको हत्या गरेर गर्भको शिशु चोरी

अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएको छ । बिहीबार प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोषीले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेका थिए ।घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ वर्षे छोरी डजरीलाई पक्राउ गरेको छ । त्यस्तै क्लेरिसाकाको ४० वर्षे ब्याइफ्रेण्ड पायोट बोबकलाई हत्यामा सहयोग गरेको आरोपमा पक्राउ परेका छन् ।प्रहरीका अनुसार घटनाबारे थाहा हुँदा १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज तीन दिनदेखि हराइरहेकी थिइन् । प्रहरीले आशंकाको आधारमा फिगुरोआको घरमा खाजतलास गर्दा उनको पछाडिपट्टि रहेको फोहोर फाल्ने डब्बाबाट महिलाको शव बरामद गरेको थियो ।प्रहरीका अनुसार गर्भवती महिला फिगुरोआले फेसबुकमा पोस्ट गरेको कपडा निशुल्क दिने सूचना देखेपछि ओचावा आफ्नो घरभन्दा

४ माइल टाढा फिगोरोआको घर गएकी थिइन् ।तर त्यहाँ उनलाई हत्या गरी मृत शरीरबाट बच्चा झिकिएको थियो । त्यसको केही समयपछि उनले इमेरजेन्सीमा फोन गरेर सडकमा हिँडिरहेको एक महिलाले आफ्नोमा बच्चा जन्माएको र अवस्था निक्कै नाजुक भएको भन्दै फोन गरेकी थिइन् ।स्वयमसेवी घटनास्थल पुग्दा शिशु निलो भइसकेका थिए । प्रहरीका अनुसार बच्चा बाँच्ने सम्भावना निक्कै कम छ । शिकागो प्रहरी प्रमुख एडी जोनसनले घटनाबारे भने, ‘यो एकदमै घृणीत र डर लाग्दो घटना हो । पीडित परिवारलाई परेको पीडा सोच्न पनि सकिँदैन । बच्चा जन्मको खुसी मनाउने बेला तिनले आमा र बच्चाको मृत्युको सामना गर्नुपर्यो ।’प्रहरीले फिग्युरोआ र लोपेजबीच फेसबुकमा भएको सम्वादका आधारमा उनीहरूमाथि हत्याको आशंका गरेको थियो । त्यसपछि प्रहरीले उनको घरको खोजतलासी गर्दा लोपेको मृत शरीर भेटिएको थियो । पछि गरिएको डीएनए परीक्षणले बच्चा लोपेजेको भएको पुष्टि भयो ।

Related Articles

Back to top button