समाचार

पूर्वराज परिवार ले

काठमाडौं, ४ जेठ । पूर्वराजपरिवारका सदस्यहरूले थाइल्यान्डलाई विदेश भ्रमणको इपिसेन्टर बनाएका छन् । बर्षका धेरै महिना परिवारका कुनै न कुनै सदस्य उक्त मुलुकका लागि निस्कने गरेका छन् । पुनः परिवारका सबै सदस्य लिएर पूर्वराजा ज्ञानेन्द्र शाह एक महिनाका लागि थाइल्यान्ड जाने विवरणहरू बाहिर आएका छन् ।पूर्वराजपरिवार भ्रमणका लागि नभएर महत्वपूर्ण भेटघाट अनि परिवारका सदस्यको अध्ययनको सन्दर्भका क्रममा पनि त्यहाँ पुग्ने गरेका छन् । त्यतिमात्र नभएर अन्य मुलुकको गोप्य भ्रमण गर्नुपरेमा पनि यो परिवारले पहिलो केन्द्र थाइल्यान्ड बनाउँदै आएको छ ।अघिल्लो बर्ष पनि छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित थाइल्यान्डको बैंकका पुगेका पूर्वराजा ज्ञानेन्द्रले हिन्दु धर्मका भारतीय गुरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिक रहेका व्यापारीसँगको भेट र छलफल गरेका थिए ।बैंककमा पूर्वराजा ज्ञानेन्द्रले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरेको जनाइएको थियो ।पूर्वरानी कोमलसहित सचिव सागर तिमल्सिना, अर्दली हस्तबहादुर मल्ल, सशस्त्र डिएसपी शिव राउतलाई पनि लगेका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यापारी सिद्धार्थ
अम्बानीसँग भेट गरेका थिए ।केही महिना अघि पूर्वराजा पोखरा, झापा, तराई मधेसलगायतका विभिन्न जिल्लाको भ्रमणमा रहँदा पूर्वयुवराज्ञी हिमानी शाह

थाइल्यान्डमा नै थिइन् । छोरीहरू पूर्णिका र किर्तिकासहितको अध्ययनका लागि पनि उनी सो मुलुकमा लामो समय बसेको बताइन्छ । उच्च शिक्षाका लागि उनीहरू थाइल्यान्डको बैंककस्थित कलेजमा पढिरहेका छन् ।त्यसो त निर्मलनिवासले थाइल्यान्ड भ्रमणको जानकारी गराएर अन्य मुलुकमा पनि भ्रमण गरेका तथ्यहरू बाहिर आएका थिए । थाइल्यान्ड इपिसेन्टर बनाएर पूर्वराजा ज्ञानेन्द्र र युवराज्ञी हिमानी शाहले अघिल्लो महिना माल्दिभ्स, श्रीलंकालगायतका मुलुक पनि भ्रमण गरेका थिए । कतिपयले भारतीय र अन्य मुलुकका अधिकारीसँगको गोप्य बैठकका लागि पनि थाइल्यान्डलाई सुरक्षित केन्द्रविन्दु ठानेर निर्मलनिवासका सदस्यको भ्रमण हुने गरेको बताउँछन् ।त्यसो त पूर्वयुवराज पारस शाह पनि अर्को चक्करमा रहेका बेला लामो समय थाइल्यान्डमा बसेका थिए । उनी त्यहाँ बसेका मात्रै थिएनन्, लागु औषधको प्रयोग गरेको विषयमा जेल समेत परेका थिए । जसलाई छुटाउनका लागि सोही समयमा पूर्वयुवराज्ञी हिमानी शाहसम्म पुगेकी थिइन् । त्यसबेला यो जोडीको सम्बन्ध खासै राम्रो नरहेको विवरणहरूमा उल्लेख थियो ।पूर्वराजपरिवारसँग थाइल्यान्डमा नेपाली नेताकै पनि जम्काभेट नभएका होइनन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वयुवराज्ञी हिमानीको जम्का भेट भएको थियो । धेरैले यसलाई अर्को अर्थमा बुझे पनि ओलीले जम्काभेट भएको प्रष्टोक्ति दिएका थिए । ओली मिर्गौला रोगको उपचार त्यहाँ गराइरहेका थिए । अहिले पनि नियमित चेकजाँचका लागि उनी बेलामौका त्यहाँ पुग्ने गरेका छन् ।नेपालको राजनीतिक र व्यवस्था परिवर्तनका सन्दर्भमा मुलुकमा भन्दा बाहिर नै बढी भेटघाट र रणनीति बन्ने आशंकाबीच पूर्वराजपरिवारले निरन्तर थाइल्यान्डलाई केन्द्रविन्दु बनाउनु अर्थपूर्ण रहेको बताइन्छ ।

Related Articles

Back to top button