भिडियो

जेठ्ठाजु बुहारी काण्ड, जेठ्ठाजुले प्रहरीलाई दिए यस्तो अचम्मको बयान

जेठ्ठाजु बुहारी काण्डको थप अपडेट, जेठ्ठाजुले प्रहरीलाई दिए यस्तो अचम्मको बयान ‘भिडियो हेर्नुस्’काठमाडौँ- हानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् ।घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउकोकाे थोरै छाला मात्रै शरीरमा अड्किएको थियो । खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो ।कोठामा रगतको आहाल थियो ।अञ्जनामाथि कतिपटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ । खुला रुपमा देखिने खत त कति हो कति ! कपडा पनि अधिकांश ठाउँ काटिएका थिए । घटनास्थल पुगेका प्रहरी अधिकारीहरु आफैं प्रतिप्रश्न गर्छन्, ‘कसरी मानिस यो हदसम्म पनि जान सक्छ ?’ तर, प्रहरीको कामै अपराध अनुसन्धान गर्ने हो । जस्तो अवस्था भएपनि अनुसन्धान गर्नैपर्छ । त्यसैले प्रहरीले प्रारम्भिक जाँच मुचुल्का तयार पारे र लाशलाई पोष्टमार्टमका लागि पठाउने तारतम्य मिलाए

Related Articles

Back to top button