समाचार

प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेल

काठमाडौं । तीन वर्षअघि गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए । चरीको इन्काउन्टरमा महानगरीय अपराध महाशाखामा कार्यरत तत्कालिन इन्सपेक्टर कुमोध ढुंगेल आबद्व थिए । हाल उनी डिएसपी हुन् ।यस्तै रुपन्देहीको देवहद नगरपालिका–४ भवानीपुरमा आज बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुन सँगै उनका सहयोगी सोम आले मारिए । पुन र आलेको इन्काउन्टरमा पनि ढुंगेल आबद्व छन् ।चरी र पुन दुवैलाई गोली हान्ने प्रहरी अधिकृतसमेत एकै जना भएको प्रहरी स्रोत बताउँछ । डिएसपी ढुंगेल तिनै प्रहरी अधिकारी हुन् जो दुवै घटनामा आबद्व छन् । गत साता मात्र डिएसपी ढुंगेलको सरुवा भएको हो ।जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज रहेका डिएसपी कुमोध ढुंगेलको एक्कासी सरुवा भयो । प्रहरी प्रधान कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको थियो ।उक्त सरुवाको रहस्य बुधबार (आज) खुलेको छ । बुधबार बिहान ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको छ ।हत्या र असुलीको आतंक मच्चाउँदै

आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको हो । उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सोही मिसनका लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरेको थियो ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई निलम्बन गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको हो।चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ।लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सेतोपाटीले प्रकाशन गरेको थियो।सिस्नोका १५ फाइदा सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि

गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ । सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ । यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ ।सिस्नोमा फाइबरसमेत हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । सिस्नोले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ । सिस्नोको धुलोलाई दाल र सुप बनाएरसमेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ । सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघाउँछ । पिसाब पोल्ने समस्या छ भने सिस्नोको सुप लाभदायक हुन्छ । दम, बाथरोग, रगत उत्पादन गराउने, शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उपयोगी हुन्छ ।

Related Articles

Back to top button