समाचार

गाडीले ठक्कर दिँदा भैंसी चराइरहेका बाबुछोराको मृत्यु

मलंगवा : सर्लाहीमा स्कर्पियोले ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ। शनिबार साँझ ६ बजे नवलपुरदेखि मलंगवा आउँदै गरेको बा १९ च २५८८ नम्बरको स्कर्पियोले ठक्कर दिँदा सडक किनारमा बसेर भैंसी चराइरहेका बाबुछोराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतितसिंह राठौरका अनुसार सर्लाही हरिपुर नगरपालिका ४ हरैयाका ४० वर्षीय जैसी यादव र उनको छोरा १० वर्षीय लक्ष्मणको मृत्यु भएको हो। तिब्र गतिको स्कर्पियोले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको डिसपी राठौरले जानकारी दिए। प्रहरीले स्कर्पियो र चालक २० वर्षीय शिवनारायण साहलाई नियन्त्रणमा लिएको छ।रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका –३ मा पौडी खेल्ने क्रममा सोही ठाउँका डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो ।यस्तै स्थानीय इङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार दुवै जना मामाघर आएका थिए ।नेपालगञ्ज, ४ जेठ । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको भगवानपुर प्रहरी चाैकी घेराउ गरेको छ ।पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित ईलाका प्रहरी कार्यालय भगवानपुर घेराउ
गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर समेत गरेको छ ।डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय

नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट पाँच किलो चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।भारतीय समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो । आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला प्रदेश सांसद केसीको टोलीलाई समेत भारतीयको समूहले चार घण्टासम्म घेरा हालेर राखेको थियो ।उनको गाडीमा आगजनीको प्रयाससमेत भएको थियो । तर, सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले कडा सुरक्षा दिएर सांसद केसीसहितको टोलीलाई उद्धार गरेको थियो चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले हवाई फायर गरेपछि भारतीय समूह भागेको थियो ।प्रहरीका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । तर, थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । उनीहरुले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गरेका छन् ।त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए ।

Related Articles

Back to top button