समाचार

बहिनी जिस्क्याएको निहुँमा सन्तोष को छुरा हानी हत्या

धनकुटा खबर । बहिनी जिस्क्याएको निहुँमा धनकुटा मारेकटाहारेमा एक युवकको छुरी हानी हत्या भएको छ । महालक्ष्मी नगरपालिका वडा नं.३ का २२ बर्षिया सन्तोष लिम्बूको हत्या भएको हो ।साही वडाका बर्ष २५ को घनेन्द्र लिम्बुले गाउँको साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा आफ्नो बैनी जिस्काएको निहुमा उनको हत्या गरेका हुन् । आज बिहान करिव ५ बजे भएको उक्त घटनामा लिम्बूको घटना स्थलमा नै मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।छुरा प्रहार गर्ने लिम्बूलाईू प्रहरी नियन्त्रणमा लिईएको र घटनामा संलग्न फरार रहेका जीवन लिम्बूको खोजीकार्य रहेको जि.प्र.का धनकुटाका ईन्सपेक्टर सुरज खड्काले जानकारी दिए । मृतकको पोष्टमार्टमका लागि धनकुटा अस्पतालमा ल्याईएको छ ।धादिङको आदमघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।झापाको काँकडभिट्टाबाट काठमाडौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आइतबार बिहान त्रिशूली नदीमा खस्दा अरु २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरीकी a३५ वर्षीया सीता थपलिया, ईलामको कन्यामका २० वर्षे विशाल गिरी, काठमाडौँको थानकोटका ५१ वर्षे राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अरु दुईजनाको सनाखत भएको छैन ।गजुरी नगरपालिका–६ आदमघाटबाट बस बिहान त्रिशूली नदीमा खसेको हो । बसको केही भाग नदीमा डुबेको छ । घाइतेको उद्धार गरि उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।मलंगवा : सर्लाहीमा स्कर्पियोले ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ। शनिबार साँझ ६ बजे नवलपुरदेखि मलंगवा आउँदै
गरेको बा १९ च २५८८ नम्बरको स्कर्पियोले ठक्कर दिँदा सडक किनारमा बसेर भैंसी चराइरहेका बाबुछोराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय

सर्लाहीका डिएसपी प्रतितसिंह राठौरका अनुसार सर्लाही हरिपुर नगरपालिका ४ हरैयाका ४० वर्षीय जैसी यादव र उनको छोरा १० वर्षीय लक्ष्मणको मृत्यु भएको हो। तिब्र गतिको स्कर्पियोले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको डिसपी राठौरले जानकारी दिए। प्रहरीले स्कर्पियो र चालक २० वर्षीय शिवनारायण साहलाई नियन्त्रणमा लिएको छ।रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका –३ मा पौडी खेल्ने क्रममा सोही ठाउँका डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो ।यस्तै स्थानीय इङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार दुवै जना मामाघर आएका थिए ।नेपालगञ्ज, ४ जेठ । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको भगवानपुर प्रहरी चाैकी घेराउ गरेको छ ।पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित ईलाका प्रहरी कार्यालय भगवानपुर घेराउ गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर समेत गरेको छ ।डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट पाँच किलो चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको

विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।भारतीय समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो । आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला प्रदेश सांसद केसीको टोलीलाई समेत भारतीयको समूहले चार घण्टासम्म घेरा हालेर राखेको थियो ।उनको गाडीमा आगजनीको प्रयाससमेत भएको थियो । तर, सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले कडा सुरक्षा दिएर सांसद केसीसहितको टोलीलाई उद्धार गरेको थियो चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले हवाई फायर गरेपछि भारतीय समूह भागेको थियो ।प्रहरीका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । तर, थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । उनीहरुले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गरेका छन् ।त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए ।

Related Articles

Back to top button