समाचार

उडेको केही मिनेटमै विमान दुर्घटना विमानमा सवार सम्पूर्णको मृत्यु

उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सम्पूर्णको मृत्यु !एजेन्सी – होन्डुरसमा शनिबार भएको एक विमना दुर्घटनामा परी विमानमा सवार सम्पूर्णको मृत्यु भएको छ। होन्डुरसको रोटान द्वीपमा एक सानो विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उक्त विमान दुर्घटनामा परी चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको हो।विमानमा पाइलट सहित ५ जना मात्रै सवार रहेको बताइएको छ। रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।Piper PA-32-260 जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेको पुष्टि भैसकेको प्रकाशित : आइतबार, जेठ ०५, २०७६०६:१९पर्सा । पर्सामा ड्युटीमा रहेका एक सैनिक जवानकाे मृत्यु भएकाे छ । नेपाली सेनाको तारादल गणमा कार्यरत वर्षीय २८ देवीराम जैसीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।प्रहरीकाे अनुसार ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको हाे । उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए। उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्युभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।मृतक जैसीको कैलालीको सुखडका हुन्। उनको शव वीरगन्जको

नारायणी अस्पतालको राखिएको छ। मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछ पोष्टमार्टम हुने प्रहरीले जनाएको छ। दु:खद घटना:धादिङ : धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँचजनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमा र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका थिए। बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।दुर्घटनाका घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धादिङको गजुरी अस्पतालमा उपचारत झापाका फणिन्द्रबहादुर कार्कीले दुर्घटनाबारे यसो भन्छन्:चालक परिवर्तन भएपछि दुर्घटनानिन्द्रा नलागेपनि आँखा चिम्म गरेर बसिरहेको थिए।एक्‍सासी गड्याम्म आवाज आयो।सबै यात्रुहरु चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको थियो।म होसमै थिए, ढोकाबाट निस्कन खोजेँ। नदी गहिरो देखेर ड्राइभरको सिटको झ्यालबाट हाम फाले।गाडी खसेको भीर पाखाभरी घाइतेहरु छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो। मेरो ज्यान पुरै दुखेको
थियो तर कहाँ के भएको आफैंले थाहा पाइनँ। गाउँलेहरु सबै मिलेर घाइतेको उद्धारमा सहयोग गर्न थाले।केहीबेरपछि सेना र प्रहरी आउनुभयो। उहाँहरुले

सबै घाइतेलाई माथि सडकमा ल्याउँदै उपचार गर्न पठाउनुभयो। मेरो पनि छातीमा दुखाइ बढ्न थाल्यो। मान्छेको भीड बढ्न थालेपछि स्थानीयले मलाई पनि अस्पताल पठाए।दुर्घटना हुनुभन्दा ३-४ किलोमिटर वर बसमा तेल राखिएको थियो।तेल राखिएपछि चालक परिवर्तन भएको थियो। चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो। यसरी गरियो उद्धार : उद्धारकर्मीहामी घरमै बसिरहेका थियौँ। एक्कासी गड्याङगुडङ आवाज आएपछि त्यता दौडियौँ। गाडी खसेर घाइतेहरु पाखाभरी छरिएका रहेछन्। ३÷४ जना त मरिसकेका पनि रहेछन्। रोडबाट हेर्दा गाडीभित्र पनि मान्छेहरु देखिएका थिए। सबैलाई लौन तानिदिनु पर्‍यो, बचाउ बचाउ भन्दै कराइरहेका थिए। पाखामा भएका भन्दा पनि गाडीभित्र चिच्याइरहेका घाइेतरलाई पहिले निकालियो।हामीसँग बोक्ने केही साधन थिएन, गाडीभित्र देखिएका घाइते सबैलाई निकालिसकेपछि माथि सडकमा ल्यायौं। हामीसँगै आएका साथीले प्रहरीलाइ खबर गर्यो। केहीबेर पनि सेना, शसस्त्र र प्रहरी पनि आए। सबैलाई पालैपालो उपचार गर्नको लागि अस्पताल पठाइयो। -बस दुर्घटनास्थमा सबैभन्दा पहिले पुगेका उद्धारकर्मी मंगल तामाङ र दिलिप तामाङ३ जनाको सनाखदुर्घटनामा मृत्यु भएका तीनजनाको सनाखत भएको छ।मृत्यु हुनेमा मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामका २० वर्षीय विशाल गिरी रहेका छन्। मृतक दुईजनाको परिचय खुलेको छैन।

Related Articles

Back to top button