समाचार

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो ! दुर्घटना बारे यसो भन्छन् बाँच्न सफल यात्रु

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो ! दुर्घटना बारे यसो भन्छन् बाँच्न सफल यात्रु !जेठ ०५, २०७काठमाडौँ – आइतबार बिहान गजुरी ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट बस त्रिशूली नदीमा खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ९ पुगेको झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो। यस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।मृत्यु हुनेहरुमा एक महिला र ८ जना पुरुष रहेका छन्। मृतकहरु मध्ये ७ जनाको मात्रै सनाखत भएको छ। सनाखत
एकाहरुमा थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीय सीता थपलिया, इलाम कन्याम घर भएका २० वर्षीय विशाल

गिरी, धादिङको बेनिघाट रोराङ मलेखुका ४३ वर्षीय राजन आचार्य, ठेगाना नखुलेका शेखर मगर र प्रशाश श्रेष्ठ छ।अन्य दुईको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेहरु मध्ये केहिको गजुरी अस्पताल उपचार भैरहेको छ भने केहिको काठमाडौंको मेडिसिटीमा उपचार भैरहेको छ।उपचार भैरहेकाहरुमा एक जना क्यामरुङ्गका नागरिकको अवस्था गम्भीर रहेको बताइएको छ। चालक परिवर्तनको कारण दुर्घटना हुन पुगेको घाइतेहरुले बताएका छन्। घाइतेहरुका अनुसार चालक परिवर्तन भएको केहीबेरमै बस दुर्घटना भएको थियो।प्रकाशित : आइतबार, जेठ ०५, २०७६१३:५१

Related Articles

Back to top button