समाचार

दाइजोको निहुँमा मनिषा को हत्या

सिरहा – सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिने गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाए ।सासु तारादेवी मण्डल एवं श्रीमान् रामरेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरी अनुसन्धानको लागि लगिएको छ ।शव पोष्टमार्टको लागि जिल्ला अस्पताल सिरहा

पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस प्रशासनले जानकारी दिएको छ ।सिरहा– सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । कञ्चन कल्याणपुर नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । थप उपचारको लागि काठमाडौं लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पनि स्थानीयवासीको भनाई छ ।

Related Articles

Back to top button