अन्तर्राष्ट्रिय

खाडी देश साउदी अरब मा हवाई हमला

साउदी अरबको प्रतिष्ठित तेल पाइपलाइनमा हवाई हमला यसको जिम्मेवार यमनमा सक्रिय हुती विद्रोहीलाई मानिएको थियो ।साउदी अरबले यी हमलाका लागि इरानमाथि आरोप लगाउँदै इरानको आदेशपश्चात् उक्त हवाई हमला गरिएको दाबी गरेको छ ।दुई दिनअघि मात्रै साउदी अरबको तटमा भएका दुई तेल ट्याङ्कर र चार जहाजमाथि पनि क्षती पुर्‍याइएको थियो ।शंका गरिएपनि यीमध्ये कुनै पनि हमला आफूले नगरेको स्पष्टिकरण इरानले दिएको छ ।इरान र अमेरिका परमाणु सन्धिबाट हटेपछि मध्य–पूर्वमा अमेरिकी सेनाको संख्या बढाइएको छ जसका कारण मध्य–पूर्वमा पहिले देखि नै अस्थिरता छाएको छ ।साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबैरले एक पत्रकार सम्मेलनमा भने, ‘साउदी अरब यो इलाकामा कुनै पनि संघर्ष चाहँदैन ।’‘हामी युद्धको आशंकाबाट बच्नका लागि हरसम्भव कोसिस गर्न तयार छौं । तर यदि हामीलाई युद्धका लागि उक्साइयो भने हामी त्यसको तगडा जवाफ दिन पनि तयार छौं ।’ खाडी देशको आपतकालीन बैठक:आइतबार साउदी अरबका राजा सलमानले खाडी र अरब देशका नेतालाई ३० मे मा मक्कामा एक आपतकालीन बैठकका लागि निम्तो पठाएका छन् । उक्त बैठकमा यी हमलाको नतिजामाथि चर्चा गरिने बताइएको छ ।यस्तै, संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले एक बयान जारी गर्दै अरब र खाडी मुलुकमा पैदा भएको ताजा स्थितीको सामना सबै मिलेर गर्नुपर्ने बताइएको छ ।यसैबीच साउदी
अरबको सुन्नी सहयोगी देश संयुक्त अरब इमिरेट्सले तेल ट््याङ्करमाथि भएको हमलाका लागि कसैमाथि आरोप लगाएको छैन ।तर अमेरिकी सरकारका दुई
स्रोतले अमेरिकी अधिकारीले इरानले उक्साएपछि हुती समूह र इराकस्थित शिया चरमपन्थीले उक्त हमला गरेको मान्यता राखेको जानकारी दिएको छ ।हुती

विद्रोहीको सुप्रिम रिभोल्यूशनरी कमिटीका प्रमुख मोहममद अली अल–हुतीले साउदी अरबको तर्फबाट बोलाइएको अरब शिखर सम्मेलन खारेज गरेका छन् । उनले ट्वीटरमा पोष्ट गरेका छन्, ‘उनीहरुले युद्ध र क्षतीको समर्थन मात्र गर्न जानेका छन् ।’साउदी युवराजको अमेरिकासँग कुराकानीःइरानका विदेशमन्त्री जावेद जरिफले कुनै प्रकारको युद्धको आशंकाबाट अस्विकार गरेका छन् । उनका अनुसार इरान कुनै पनि देशसँग संघर्ष चाहँदैन र कुनै पनि देशले इरानमाथि हमला गर्नसक्छु भनेर सपना देख्न नहुने बताएका छन् ।इरानको रिभोल्युशनरी गार्डस्ले पनि यही शब्दलाई दोहोराएका छन् ।अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध थप कडा गरेको छ । यसो गरेर अमेरिका इरानको तेल निर्यात पूर्ण रुपमा बन्द गर्न चाहन्छ ।यसका साथै अमेरिकाले खाडीमा भएका आफ्ना सैन्य शक्तिलाई पनि बढाएको छ । अमेरिकाका अनुसार खाडीमा भएका अमेरिकी बलमाथि इरानको तर्फबाट खतरा बढेको छ ।साउदीका युवराज मोहम्मद बिन सलमानले यसबारे अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग फोनवार्ता गरेका छन् । यसबारे साउदीको सूचना मन्त्रालयले आइतबार एक ट्वीटमार्फत् जारी गरेको हो ।साउदीका विदेशमन्त्री अदेल अल–जुबैरले भने, ‘हमला इलाकामा शान्ति र स्थितरता चाहन्छौं तर यसको अर्थ यो होइन कि इरानले हामीमाथि हमला गर्छ भने हामी हात बाँधेर भने बस्नेछैनौं ।’उनका अनुसार अब बल इरानको पोलमा छ र अब इरानले के चाहन्छ उसैले निर्णय गर्नेछ ।उनले समुन्द्रमा फसेका इरान तेल ट्याङ्करका चालक दलका सदस्य अहिले पनि साउदी अरबमा भएको र उनीहरुको पूर्ण हेरबिचार गरिएको जानकारी दिए । उनका अनुसार ट्याङ्करको इन्जिन खराब भएको थियो । चालक दलमा २४ इरानी र दुई बंगलादेशी नागरिक छन् ।

Related Articles

Back to top button