समाचार

जनकपुर बाट काठमाडौं आउँदै गरेको बसलाई शँका लागेर चेक गर्दा तिन छक पर्यो प्रहरी..

काठमाडौं, ६ जेठ । प्रहरीले श्रोत नखुलेको नेपाली रुपैयाँ २९ लाख ९८ हजार सहित एक जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सर्लाही मलगंवा नगरपालिका-१० बस्ने २८ वर्षीय रविन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो ।जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख १८०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा ल्याएको श्रोत खुलाउन नसकेको नेपाली रुपैयाँसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका रविन्द्रलाई बरामद भएको श्रोत नखुलेको नेपाली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि सम्पत्ती शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ एजेन्सी। दुनियाकै सम्पन्नशाली तथा सभ्य भनिने मुलुक अमेरिकामा एउटा अन्त्यन्तै दर्दनाक तथा पासविक घटना भएको छ । त्यहाँ एकजना गर्भवती युवतीको हत्या गरी हत्याराहरुले उनको पेटमा रहेको शिशु चोरेका छन् । उक्त घटनामा संलग्न ३ जनालाई पुलिसले पक्राउ गरेको छ । हत्याराहरुमा एकजना महिला, उनकी छोरी र प्रेमी रहेकाछन्।शिकागो पुलिसका अनुसार गत अपि्रल २३ मा यो घटना भएको हो । १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेजलाई बच्चालाई काम लाग्ने केही सामान दिने बहानामा क्लारिसा फिग्युरोआ नामक महिलाले आफ्नो घरमा बोलाइन्।चिनेजानेकी महिलाले बोलाएपछि लोपेज उनको घरमा गइन् ।जब लोपेज आफ्नो घरमा आइन् तब ती महिलाले आफ्नी २४ वर्षकी छोरी डेसोरीसँग मिलेर गर्भवती लोपेजको हत्या गरिन् । त्यसपछि ती

आमा-छोरी मिलेर लोपेजको पेट चिरे र उनको गर्भमा रहेको बच्चा निकाले ।गर्भवतीको हत्या गरेर पेटको बच्चा निकालेसँगै ती आमा-छोरीले आकस्मिक नम्बरमा फोन गरेर आफूले बच्चा जन्माएको र सास फेर्न नसकेको कुरा बताए । तत्कालै एम्बुलेन्स आएर उक्त नवजात शिशु र आफूलाई आमा दाबी गर्ने क्लारिसालाई अस्पताल लग्यो ।यसबीचमा लोपेज हराएको सूचना पुलिसमा पुगिसकेको थियो र उनको खोजी भैरहेको थियो । प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यही क्रममा मे ७ का दिन लोपेज र क्लारिसाबीच फेसबुकमा भएको एउटा कुराकानीप्रति पुलिसको शंका मोडियो । उक्त कुराकानीका क्रममा क्लारिसाले लोपेजलाई आफ्नो घरमा बोलाएकी थिइन् ।हरीलाई शंका लागेसँगै गत मंगलबार क्लारिसाको घरमा खानतलासी गरियो । त्यसक्रममा घर पछाडि राखिएको ठूलो फोहोरको बाकसमा राखिएको अवस्थामा लोपेजको शव बरामद भयो । शवको पोष्टमार्टम तथा डिएनए परीक्षणसँगै त्यो लोपेजकै भएको पुष्टि भयो । त्योसँगै बच्चाको पनि डिएनए परीक्षण गरियो र त्यसबाट उक्त बच्चा मृतक लोपेजको भएको प्रमाणित भयो ।प्रहरीले क्लारिसा र उनकी छोरी डेरिसलाई पक्राउ गरी केरकार गर्दा उनीहरुले आफ्नो सबै अपराध स्वीकार गरे । ती आमा-छोरीसँगै आमाका प्रेमी पिओट्र बोबाकलाई पनि जिम्मेवार ठहराउँदै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यो घटना निकै नै हृदयविदारक र अकल्पनीय रहेको जनाएको छ।

Related Articles

Back to top button