समाचार

जेल भित्रै भीडन्त ३२ को मृत्यु

जेल भित्रै भीडन्त हुँदा ३२ को मृत्यु ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।यस घटनाको अनुसन्धान जारी रहेको

बताइएको छ । तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।प्रकाशित : सोमबार, जेठ ०६, २०७६०९:३९पर्वत – पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेकाे बम बिस्फाेट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् । आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए । विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ । घाइते दुबै युवाकाे प्रहरीकाे निगरानीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

Related Articles

Back to top button