समाचार

५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने युवा पक्राउ

काठमाडाैँ, ६ जेठ । ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ शिर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाई नाम फेसबुक आईडीबाट लालबहादुरले ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भनेर कमेन्ट गरेका थिए ।त्यसपछि उनको खाेजीमा रहेको अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ ।जेल भित्रै भीडन्त हुँदा ३२ को मृत्यु ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स

आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।प्रकाशित : सोमबार, जेठ ०६, २०७६०९:३९पर्वत – पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेकाे बम बिस्फाेट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् । आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए । विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ । घाइते दुबै युवाकाे प्रहरीकाे निगरानीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

Related Articles

Back to top button